धनगढी। आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् । हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्।
पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना निको भई घर फर्केका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्। जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आईसीयू १० जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने २ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।