काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहकालागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ। विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ? ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे ।
सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन। एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन। किमार्थ राखिँदैन, उनले भने । एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको उनेको भनाई छ । ओलीले भने, एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ ।