धनगढी। पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशमा ८८६ नमुना परीक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
सेती अस्पतालमा १९ जना, डडेल्धुरा अस्पतालमा १ जना, कमलबजार अस्पताल अछाममा ८ जना, महाकाली अस्पतालमा ६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३१ जना संक्रमित निको भई घर फर्किएका छन्। सुदूरपश्चिम प्रदेशमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ।