धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा १०८८ नमुना परीक्षण गरिएको छ। जसमध्ये ४९ जनामा संक्रमण पुस्टि भएको छ।डडेल्धुरा अस्पतालमा १ जना, सेती अस्पतालमा १९ जना, डोटी अस्पतालमा १ जना, बझाङ्गमा ४ जना र महाकाली अस्पतालमा ७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमित निको भई घर फर्किएका छन्। सुदूरपश्चिम प्रदेशमा बिहिबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ। यस्तै,यो संगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ४३ हजार ७ सय ७४ पुगेको छ ।