अछाम। अछाममा ट्याक्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन नावली नजिकै भएको ट्याक्टर दुर्घटनामा घाइते भएका २४ बर्षिया सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो ।
उनको उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको भने उपचार भइरहेको छ । गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब ७ बजे दुर्घटनामा परेको थियो ।