क्यानडामा प्रचण्ड गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढ्दो क्रममा छ । ब्रिटिस कोलम्बियाको प्रहरीले ६९ जनाको अप्रत्यासित रुपमा निधन भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ । ती मृत्युहरुमा प्रचण्ड गर्मी तथा तातो हावा कारक रहेको प्रहरीले बताएको छ । मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुग्यो । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको हो । यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री भन्दा माथि पुगेको थिएन ।जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको भन्दै स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेका छन् । अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी इन्भाइरोमेन्ट क्यानडाले दिएको छ। यसैबिच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० मा तथ्यांक राख्न थालिए यताकै उच्च पुगेको छ । ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो । स्थानीय बासिन्दाले गर्मीका कारण आफूहरु मरुभूमिमा रहे जस्तै लागेको समाचार संस्था एएफपीसँग बताएका छन् । अझै केही दिन तापक्रम उच्च रहने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
प्रचण्ड गर्मीका कारण क्यानडामा ६९ जनाको मृत्यु, अमेरिकामा पनि जनजीवन प्रभावित
प्रचण्ड गर्मीका कारण क्यानडामा ६९ जनाको मृत्यु, अमेरिकामा पनि जनजीवन प्रभावित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु