धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा ९३ नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको र ६५ जनामा कोरोना रिर्पोट नेगेटिभ देखीएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । २ जना भेन्टीलेटरमा,४ जना आइसियुमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन भने ६ जना थप बिरामी अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कुनै पनी संक्रमितको मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।