धनगढी :आज धान दिवश । देशका बिभिन्न ठाउँमा आजका दिनलाई रोपाई महोत्सवका रुपमा मनाइएको छ । संघिय मन्त्री देखी प्रदेशका मन्त्री तथा स्थानिय जनप्रतिनिधीहरुले आजका दिन खेतमै गएर रोपाई गर्दै धान दिवश मनाउने गरेका छन् । किसानको खेतमा गएर नेता देखी कर्मचारीहरुले आजका दिन रोपाई गर्दै धान दिवश मनाउने गरेका छन् । सुदूरपश्चिम सरकारले भने यस बर्ष किसानको खेतमा नभई आफैले भाडामा लिएर करिब ५५ बिगाहा क्षेत्रमा धान रोप्ने योजना सहित धान दिवश मनाएको छ । सदाझैँ किसानको खेतमा एक दिनका लागी तडक भडक गर्दै केन्द्र देखी प्रदेशका मन्त्रीहरुले धान दिवश मनाउने गरेका थिए । बर्षम ाउक दिन भएपनि किसानको खेतमा गएर नेताहरु समेत हिलोमा रमाउने गरेका थिए । बर्षभरी खेती किसानको खेतमा एक दिने रमिता देखाउने भन्दै नेताहरुको आलोचना समेत हुने गरेको थियो । यस्तै आलोचनाका बिच सुदूरपश्चिम सरकार भने आफै धान तथा गहुँ उत्पादनमा लागेको छ । यस बर्ष भने प्रदेशका मन्त्री, सांसद तथा कर्मचारीहरुले किसानको खेतमा नभई आफ्नै खेतमा रोपाई गरेर दिवश मनाए । गत बर्षदेखी सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको पुनर्वास स्थित राष्टिय आवास कम्पनिको ७४ बिगाहा जमिन लिजमा लिएर बिउ उत्पादन गर्ने गरी खेती गर्न थालेको छ । पहिलो चरणमा गहुँ उत्पादन गरेको प्रदेश सरकारले यस बर्ष धान रोपिरहेको छ ।
कृषि व्यवसाय, प्रवर्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरले सो जमिनको हेरचाह र उत्पादन भएको बिउ ब्यवस्थापन गर्ने जिम्मा पाएको छ । तालिम केन्द्रका प्रमुख टिकाराम थापाका अनुसार शुरुमा ५ बिगाहामा गहुँ उत्पादन गरिएको थियो । दोश्रो खेतीका रुपमा अहिले रोपाई गरिरहेको छौँ थापाले भने ‘धेरै बर्षदेखी बाँझो जमिन भएकाले काम गर्न असहज त छ प्रदेश सरकार आफैले जमिन लिजमा लिएर खेती गर्न थालेपछि उर्जापनि पलाएको छ जसरीपनि काम गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ यसपाली ५५ बिगाहामा हामी रोपाई गर्दैछौँ ।’ यहाँ अहिले धान र गहुँ मात्रै उत्पादन भइरहेपनि बिस्तारै तिलपनि लगाउँछौँ उनले भने ‘यहाँ उत्पादन भएको गहुँ, धान तथा तिललाई बिउका रुपमा प्रयोग गर्ने र बिस्तारै बिउ आयात नभई निर्यात गर्न सक्ने हामी बन्छौँ ।’
प्रदेश सरकारले बाँझो जमिनको सदुपयोग गर्दै आफ्नै प्रदेशमा रोजगारी श्रृजना गर्ने निति ल्याएसंगै आफैबाट बाँझो जमिनमा खेती गर्न शुरु गरेको हो । यस बर्षको धान दिवशमा प्रदेशसभाका सभामुख अर्जुन थापा, भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री बिनिता चौधरी, सामाजिक बिकास मन्त्री लाल बहादूर खड्का लगायत प्रदेशसभा सदस्य तथा मन्त्रालयका सचिव लगायत कर्मचारीहरुको सहभागितामा सोही जमिनमा मनाइयो । धान दिवशलाई दिवशका रुपमा मात्रै नलिई उत्पादनसंग जोड्नुपर्छ भन्ने उद्देश्यले बाँझो जमिन लिजमा लिएर खेती शुरु गरेको सरकारले जनाएको छ । यस जमिनको खेतीले बिउ उत्पादनमा टेवा पुग्ने र प्रदेशलाई बिउमा आत्म निर्भर बनाउने उद्देश्य रहेको छ ।
भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीका अनुसार आम किसानमा उर्जा पलाउनका लागीपनि यो जमिन लिजमा लिएर खेती गरिन लागेको हो । मन्त्री चौधरीले भनिन् ‘हाम्रो प्रदेशमा जमिन थुप्रै छ तर आधाभन्दा बढी जमिन बाँझो छ जमिन बाँझो छोडेर रोजगारी छैन भन्दै बिदेश तिर जाने प्रबृतीपनि उस्तै छ यसलाई रोक्नपनि हामीले खोजेका हौँ ।’ बिस्तारै यस्ता बाँझो जमिनको सदुपयोग बढ्दै गएपछि बिउ संगै चामलमापनि हामी आत्म निर्भर हुन्छौँ उनले भनिन् ‘खाद्यान्नपनि हामीले अरु ठाउँबाट किन्नुपर्छ अनी कृषी प्रधान देश भन्छौँ हामी सबैको एकता र सहयोग भए हाम्रो उद्देश्य पुरा हुने छ ।’
कृषी योज्ञ जमिनको खण्डिकरणले धान तथा गहुँ उत्पादन घटेपनि प्रदेश सरकारले ल्याएको बाँझो जमिनको सदुपयोग गर्ने नितिले कृषीमा आकर्षण बढेको मन्त्रालयको दावी छ । यस बर्ष हालसम्म प्रदेशभरी ४६ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । २५ हजार हेक्टर क्षेत्रफलमा हुने रोपाइले ६ लाख मेट्रिकटन धान उत्पादन हुने अपेक्षा लिइएको छ ।
प्रदेश कृषी निर्देशक यज्ञराज जोशीले भने ‘हामी जमिनमा गरिब छैनौँ हाम्रो इच्छासक्तीको गरिब हौँ मल छैन भनेर बाहिरकै मल खोज्न हामी तड्पिरहेका हुँछौँ यहाँ जमिनको उत्पादनशक्ती ह्रास हुँदै गएको थाहा पाउँदैनौँ, सकेसम्म प्रगांरिक मलको प्रयोग बढाऔँ बाँझो जकिनको सदुपयोग गरौँ हामी खाद्यान्न निर्यात गर्छौँ ।’
धान दिवशमा मात्रै प्रदेश सरकारले सक्रियता नदेखाई अब मसिनो चामल उत्पादनमापनि जोड दिने सरकारको योजना छ । मोटो संगै मसिनो चामलपनि प्रदेशमै उत्पादन गर्न सके भारतबाट आयात हुने चामलमा पुर्ण रोक लगाउन सकिने सरकारको दावी छ ।