धनगढी। राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपाल द्वारा सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल टेड युनियन महासंघ ९ जिफन्ट० आवद्व राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपाल,सुदूरपश्चिम प्रदेश कमिटीले सौन्दर्य क्षेत्रमा कार्यरत स्वरोजगार सौन्दर्यकर्मि श्रर्मिक महिलाहरूलाई कोरोना बिरुद्धको लगाउने व्यवस्था तथा पेशा विस्थापित हुन नदिन घरभाडा ,बैक व्याज छुट व्यवस्थाको माग सहित ज्ञापन पत्र बुझाइएको हो । सौन्दर्य क्षेत्रमा कार्यरत महिला श्रर्मिकहरूलाई सहजरूपमा खोपको व्यवस्था, कोभिडले पारेको असर र पेशा विस्थापित हुन नदिन घरभाडा ,बैक व्याज छुट लगायत ८ सुत्रिय माग सहित सुदूरपश्चिम मुख्य मन्त्री माननीय त्रिलोचन भट्ट ज्ञापनपत्र बुझाएको प्रदेश अध्यक्ष शोभा रावलले दिईन।
सौन्दर्य पेशा अपनाएर आफ्नै सानो लगानीमा संचालित व्युटिपालर् तथा सैलुनमा कार्यरत स्वरोजगार महिला श्रमिकहरूले आफु सक्षम हुदै हजारौंलाई स्वदेशमा रोजगारि सृजना गरिरहेका छन् । गरिबी न्युनिकरणमा टेवा दिई दिनानुदिन विदेशि भुमिमा पलायन हुने महिलाहरूलाई समेत आफ्नैदेश भित्र रोजगारि दिन सफल भएको थियो। तर आज यो पेशा नै धरापमा परेको छ । हजारौं सौन्दर्यकर्मि विस्थापित हुनेअवस्था भएकोले सरकारलाई पटकपटक ध्यानाकर्षण गराउदै आएका छौ, उनले भनीन् । यो क्षेत्र विलासिताको नभई अत्यावश्यक स्वास्थ्यसंग जोडिएको बिषय हो। हजारौंको रोजिरोटिलाई जोगाउन प्रदेश सरकारले वातावरण तयार गरि खोप उपलब्ध गराउन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी प्रदेश अध्यक्ष रावलले जानकारी दिएकी छन् । नेपाल टेड युनियन महासंघ जिफन्ट सचिव जित मल्लको रोहवरमा राष्ट्रिय सौन्दर्यकर्मि युनियन सचिव यमुना शाहि, सहसचिव कमला गुरूङको उपस्थिति थियो।