डोटी। डोटीको जोरायल गाउँपालिकामा भेटियो ऐतिहासिक कलात्मक सिला भेटिएको छ । डोटीको जोरायल गाउँपालिका वडा न ३ चनकट्टे बजारमा ऐतिहासिक कलात्मक सिला भेटिएको हो ।स्थानीय तटबन्ध योजनाका लागि डोजर चलाएर ढुङ्गा निकाल्ने क्रममा उक्त ढुङ्गा फेला परेको हो । गोलो आकार रहेको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् । उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने भएकाले स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका छन् । शिला भेटीएको उत्तर तर्फ पाण्डव कालिन भीमछेदन शिला समेत रहेको छ । भेटिएको ऐतिहासिक कलात्मक शिलाको सम्बन्ध भीमछेदन शिलासँग रहेको त्यहाँका स्थानीयले बताएका छन् ।
स्थानीय तीर्थराज भट्टले दिएको जानकारी अनुसार सो शिलालाई उठाएर अर्को ठाउँमा राख्दा पानी आएको छ। शिलाबाट आएको पानी रोकिने कुनै सम्भावना नरहेको उनले बताए । सिलाको पौराणिक र ऐतिहासिक दस्ताबेज भएकाले सो क्षेत्रमा यसको खोजी तथा अध्ययन हुनुपर्ने माग उनले गरेका छन् ।
जोरायल क्षेत्रलाई पाण्डव कालिन समयमा पाँच पाण्डव वनवासका क्रममा बसेको भन्ने कथन रहेको छ । सो समयमा जोरायल क्षेत्रमा रहेको दानवको बध गर्ने क्रममा भीमले आफ्नो शक्ति जाँच्न ठुलो शिला तरवारले काटेको भन्ने पनि भनाई रहेको छ ।