धनगढी। आइतबार सुदूरपश्चिम प्रदेश सभा बैठक चलिरहेको थियो । आईतबार महत्वपुर्ण बिषयमा प्रदेश सभाको बैठक चलिरहँदा सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री देखी प्रदेशसभा सदस्यहरुको कृयाकलाप हेर्दा प्रदेश सभामा दृश्य अर्कै देखीन्थ्यो ।
प्रदेश सभाको आठौँ अधिवेशनको १८ औँ बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ लगायत अन्य महत्वपुर्ण बिषयमा छलफलका लागी बैठक आह्वान गरिइएको थियो । तर हाम्रा मन्त्री देखी प्रदेश सभासदस्यहरु कोही निद्रामा मस्त रहेका देखिएका थिए भने कोही माननीयहरु फोनमा व्यस्त भएर कुराकानी गरिरहेका थिए । जबकी त्यहाँ मोबाईल फोनको प्रयोग गर्न पाईदैन् । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बस्ने मन्त्री देखी प्रदेशसभासदस्य तथा त्यहाँ बस्ने सबैका लागि नियम बनाईएको छ ।
तर प्रदेश सभाका सदस्यहरुले नै नियमको खिल्ली उडाउँदै आएका छन्। प्रदेश सभाको बैठक चलिरहँदा प्रदेश सभा सदस्यहरुले नै नियम उलंघन गर्दै आएका छन् । महत्वपूर्ण विषयमा बैठक चल्दा पनि प्रदेश सभाभित्र रहेका माननीयहरुको अमर्यादित व्यवहार र शैली देखिएको छ। स्वयम सरकार र सरकारीमा रहेका नेतृत्व र प्रतीनिधीहरुले यस्तो गतीबिधीमा भैरहदा यस्को जिम्मेबारी कस्ले लिने । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।