कञ्चनपुर। कञ्चनपुरमा अबैध माछा, कुखूरा, अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । आईतबार बिहान ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर बेलडाडी नगरपालीका ४ शान्तिपुरबाट बेवारीसे अवस्थामा रहेका माछा, बोईरल कुखुरा र अखाद्य पेय पदार्थ बरामद गरेको हो।
४५, हजार ११० मुल्य बराबरको अबैध माछा, बोईरल कुखुरा र अखाद्य पेय पदार्थ फेला पारीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त अबैध माछा, बोईरल कुखुरा र अखाद्य पेय पदार्थ कानुन बमोजिम बरामद गरी उद्योग बाणिज्य संघका अध्यक्ष, पशु क्वारेनटाईन बेलौरीका प्रतिनिधि, समाजसेबि तथा स्थानियहरुको रोहोबरमा नष्ट गरिएको जनाएको छ ।