बाजुरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेको भन्दै नेपाली कांग्रेसका एक जना स्थानीय नेताले पार्टीको विधान र झण्डामा आगजनी गरेका छन। बाजुराको त्रिवेणी गाउँपालिकाका कांग्रेसका नेता डेनिस थापाले आफ्नो असन्तुष्टिमा पार्टीको झण्डा र विधान र नै जलाएका हुन ।
त्रिवेणी गाउँपालिकामै बस्ने उनले माओवादी केन्द्रसँग पार्टीले गरेको सहकार्यमा असन्तुष्टि जनाएको बुझिएको छ । यद्यपी पार्टीको झण्डामा नै आगजनी गरेपछि कांग्रेसका कतिपय नेता कार्यकर्ताले थापा माथि कारबाही हुनुपर्ने बताएका छन । शुक्रबार दिउँसो १ः३५ बजेको समयमा कांग्रेसको झण्डा र विधानमा आगजनी भएको थियो ।