कञ्चनपुर। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महत्तोको नक्कली फेसबुक आइडी बनाएर बिभिन्न ब्यक्तीसंग पैसा मागिन थालिएको छ। अपरिचीत व्यक्तिले प्रमुख जिल्ला अधिकारीको तस्वीर राखी Ramkumar mahta नामको नक्कली फेसबुक अकाउण्ट खोलेको देखीएको प्रमुख जिल्ला अधिकारी राम कुमार महत्तोले बताएका छन्। उनले भने, अज्ञात व्यक्तिले मेरो तस्वीर राखी Ramkumar mahta नामको निम्न नक्कली फेसबुक अकाउण्ट खोलेको देखिन्छ, यस आइडीबाट विभिन्न व्यक्तिसँग रकम मागेको समेत जानकारीमा आयो उनले भने।
नक्कली फेसबुक आइडीबाट विभिन्न व्यक्तिसँग रकम मागेको समेत जानकारीमा आएकोले यस्तो भ्रममा नपर्नु हुन अनुरोध समेत उनले गरे। तसर्थ यस आइडीलाई ब्लक गर्नु हुन, फ्रेन्ड रिक्वेष्ट आएमा एसेप्ट नगर्नु हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्नु हुन अनुरोध गर्दछु, उनले भने। यस अकाउण्ट सम्बन्धमा आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी महत्तोले जानकारी दिएका छन्। सिडिओ महत्तो अहिले सामाजिक सन्जाल फेसबुकको फेक आईडीबाट सिकार भएका हुन्। सिडिओ रामकुमार महत्तोको नाम र फोटो राखेर नक्कली फेसबुक आईडी बनाइएको छ। उनकै नक्कली नामको फेसबुक म्यासेन्जरमा २० हजार अनलाईनमार्फत ट्रान्सफर गर्न माग गरिएको छ। सिडिओ महत्तोले यो आइडीबाट कसैले रिक्वाईस्ट पठाएमा स्वीकार नगर्न आग्रह गरेका छन्।उनले आफ्नो नामको नक्कली एकाउण्ट बनाएर रकम माग गर्ने विरुद्ध आवश्यक कानूनी कारवाहीका लागि प्रक्रिया अगाडी बढाई सकेको बताएका छन्। नक्कली आईडी बनाएर रकम माग गर्ने विरुद्ध विद्युतीय कारोवार ऐन (साइवर क्राईम) अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरि आवश्यक कारवाहीका लागि पहल गर्न सामाजिक सन्जालमा लक्ष्मण तिवारीले अनुरोध गरेका छन।
यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदको नाम र तस्वीर राखेर नक्कली फेसबुक आईडी खोलेर सामाजिक सन्जालको दुरुपयोग गरेको छ।नेता साउदले सामाजिक सन्जालमा लेखेका छन्, ‘हाल केही दिन देखि मेरो नाम र तस्बीर राखेर अपरिचित ब्यक्तिबाट झुटा फेसबुक आईडीहरु बनाएर राजनैतिक,सामाजिक र आर्थिक क्षति पुर्याउने दुरासयले त्यसको दुरूपयोग गरिएको जानकारी प्राप्त हुन आएकोले कसैलाई त्यसबाट साथी बन्नका लागि अनुरोध आएका नस्वीकार गर्न समेत अनुरोध छ।’नेता साउदले नक्कली आईडी बनाउने बारे कानूनी कारवाहीका लागि प्रक्रिया अगाडी बढाई सकेको बताएका छन्। उनले अपरिचित व्यक्तिले नक्कली आईडी N.P. saud बनाएको र आफ्नो फेसबुक आईडी NP saud रहेको जानकारी गराएका छन्।