धनगढी । सुदुरपश्चिमका ९ वटै जिल्लामा २ करोड २० लाख बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । कोरोना महामारीको दोस्रो लहरको नियन्त्रणका लागि बोधिसत्वा विहारद्वारा शान्त शर्माको सहयोगबाट नेपाली फिल्म इन्डस्ट्रिज बहुचर्चित डाईरेक्टर तथा प्रोडिउसर मुकुन्द भट्ट, धनगढी १ का युवा बिकास चन्द ठकुरी,प्रेम मल्ल, नेपाली कांग्रेसका नेता छितिज भन्डारीको पहलमा उक्त स्वास्थ्य सामाग्री ९ वटै जिल्लामा हस्तान्तरण गरिएको हो । २ करोड २० लाख बराबरको स्वास्थ्य सामग्रीहरु सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा हस्तान्तरण गरिएको धनगढी १ का युवा बिकास चन्द ठकुरीले जानकारी दिए ।
उनका अनुसार प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्य निकायमा बोधिसत्वा विहारले अक्सिजन कन्सनट्रेटर,पिपिईसेट,अक्सिमिटर ,थर्मोमिटर, सर्जिकल ग्लोब्स, हेन्ड सेनिटाइजर,माक्स,गम बुट, युटिलिटी ग्लोब्स, फेस शिल्ड र डीसइन्फेकटेन्ट जार लगायतका सामग्रीहरु हस्तान्तरण गरिएका हुन् । उक्त स्वास्थ्य सामाग्री आज ३ दिनमा वितरण गरेर सम्पन्न गरिएको हो । साथै क्षेत्रीय प्रहरी कर्यालयमा स्वास्थ्य सामाग्री ९ वटै जिल्लाका प्रत्येक जिल्लाका प्रहरी कार्यालयमा माक्स पनि सहयोग गरिएको छ ।
स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यमा साथ र सहयोग भएकोमा बोधिसत्वा विहारका मास्टर, उहाको गरिब दुखि असक्तको आहारा मास्टर, बुद्ध उनै हुन् सहारा मूल नाराका साथ अघि बढ्नु भएकोले लगायत उनको समुहलाई धनगढी उपमहानगरपालीका १ को तर्फबाट युवा समाज सेवी बिकास चन्द ठकुरीले धन्यवाद ब्यक्त गर्दै आगामीदिनमा साथ र सहयोगको अपेक्षा राखीएको छ ।