कन्चनपुर। कन्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले सार्वजनिक रुपमा माफी मागेका छन् । मेयर हमालसहितको समुहले गोदावरी नगरपालिका- ४ मा रहेको गौरब होटलमा राती १० बजेर १० मिनेटको समयमा आएर रक्सी माग्दै धम्की दिएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भैरहेको छ । मेयर हमालसहित होटल व्यावसायी रमेश भट्टराई, ललित साउद र मेयर हमालका गाडी चालक रातको समयमा होटलमा गएर रक्सी माग्दै धम्की दिइएको बताइएको छ।
त्यसपछि होटल संचालक बिष्णु देब गिरिकी छोरी कृतिमा गिरिले मेयर लगाएत अन्य ३ जनाको नाममा इलाका प्रहरी कार्यालयमा ठाडो मुद्दा दिएकी थिएन् । कृतिमा गिरिले मेयरले गल्ति स्वीकार गर्दै माफी मागे माफी दिइने बताउदै आइरहेकी थिइन् । मेयर हमालसहित चारै जना बिहिबार उक्त होटलमा गएर सम्पुर्ण परिवारको सामु नियोजित नभएर केही साथीहरुको नियतिबस भएको भन्दै गल्ति स्वीकार्दै माफी मागेका थिए । इलाका प्रहरी कार्यालयमा गिरिले दिएको ठाडो मुद्दामा मिलापत्र भएको छ ।