धनगढी । कैलालीमा प्रहरीका लागि एकिदिने निःशुल्क स्वास्थ्य परिक्षण ल्याब सञ्चालन गरिएको छ । बिहिबार सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँचका लागि शिविर सञ्चालन गरिएको हो ।
बिश्वमहामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणकाबीच पनि सेवा प्रवाह गर्दै आएका प्रहरी कर्मचारीहरु अन्य संक्रमण तथा रोगहरुबाट समेत बचाउ गर्न र सचेत रहनका लागी एक दिने स्वास्थ्य परिक्षण शिविर सञ्चलन गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
शिविरबाट ६६ पुरुष तथा २ जना महिला प्रहरी कर्मचारी लाभांवित भएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहिबार सूदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलाली र सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल अत्तरिया कैलालीको संयुक्त आयोजनामा र ग्लोबल आई.एम.ई.बैंक शाखा कार्यालय अत्तरीया कैलालीको प्रायोजनामा शिविर सञ्चालन गरिएको हो ।