धनगढी। कैलाली र डोटी जिल्लाका स्वास्थ्य चौकीकालागि स्वास्थ्य सामाग्री सहयोग तथा हस्तान्तरण गरिएको छ । कोभिड १९ को बीषम परिस्थितिमा सुदुरपश्चिमका कैलाली र डोटी जिल्लाका विकट र विपन्न क्षेत्रका लागी काठमाण्डौका शान्ता शर्मा बोधिसत्व बिहार एडभाइजरद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो। उक्त स्वास्थ्य सामाग्री कैलालीबाट समाजसेवी जागृती बोगटी, धर्मराज जोशी र डोटीबाट भागरती बिष्टको समन्वय मार्फत ति स्वास्थ्यचौकीका लागि हस्तान्तरण गरिएको र बुझाउन बाँकी रहेका चौकीकालागि स्वास्थ्य सामाग्री बुझाउने कार्य भैरहेको जनाइएको छ।
कोभिड १९ बिरुद्ध डोटी तथा कैलालीजिल्लाका १२ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण र बितरण गरीने योजना छ। बितरण गरीएका र बितरण गरीने स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सट्रेटर, पल्स अक्सिमिटर, थर्मल गन, फेस मास्क, एन ९५ माक्स, सर्जिकल मास्क, पिपिई, ह्यान्डवास, स्यानिटाईजर तथा अत्यावश्यक स्वास्थ्य सामाग्री छन् । प्रत्येक स्वास्थ्य चौकीलाई २ लाख भन्दा बढीका स्वास्थ्य सामाग्री बितरण गरीने समाजसेवी जागृती बोगटीले जानकारी गराईन् ।जसअन्तरगत डोटीका विभिन्न स्वास्थ्य चौकी तथा कैलालीका जोशीपुर, थापापुर, स्वास्थ्य चौकी र मसुरियामा स्वास्थ्यकर्मीकालागि हस्तान्तरण गरि सम्बन्धि ठाउँमा पुर्याइने जिम्मा समाजसेवी जागृती बोगटी, धर्मराज जोशी र डोटीबाट भागरती बिष्टलाई छ। भागरती बिष्टले डोटीको साईल स्वास्थ्य चौकीको सामान बुझिसकेकी छिन् । यस्तै डोटीको क्षेत्रिय प्रहरी अस्पतालकालागि स्वास्थ्य सामाग्री प्रहरीलाई नै हस्तान्तरण गरीएको छ। स्वास्थ्य सामाग्रीमा हस्तान्तरण कार्यक्रममा धनगढीका विकास चन्द ठकुरी, क्षितिज भंडारी रेडक्रसका प्रतीनिधी लगायत समाजसेवी, युवा टीमको उपस्थीती रहेको थियो । यस्तै थापापुर स्वास्थ्य चौकी भजनी ६ कैलालीले शान्ता शर्मा बोधिसत्व बिहार एडभाइजरलाई थापापुर स्वास्थ्य सामाग्री उपलब्ध गराइ सहयोग माग गरेको छ । स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री अभाब भै सेवा प्रभाह गर्न असहज भैरहेको र सो संस्थाबाट बितरण भैरहेको स्वास्थ्य सामाग्री थापापुर स्वास्थ्य चौकीलाई सहयोग गरिदिन स्वास्थ्य चौकी प्रमुखले निबेदन पत्र मार्फत अनुरोध गरेका हुन् ।