धनगढी । कैलालीको चुरे गाउँपालिकाको नवौं गाउँसभा सुरु भएको छ । गाउँसभाले आगामी वर्ष २०७८। ०७९ का लागि प्रस्तुत बजेटमा सडक र भौतिक पूर्वाधार निर्माण कार्यमा जोड दिएको छ । गाउँसभामा आगामी आर्थिक वर्षका लागि चालु र पुँजीगत गरी रु. ४३ करोड ७० लाख कुल बजेट प्रस्तुत गरिएको छ । चालुतर्फ रु. २४ करोड ३४ लाख १० हजार र पुँजीगततर्फ रु. १९ करोड ३६ लाख गरी रु. ४३ करोट ७० लाख १० हजार बजेट विनियोजन गरिएको हो ।
बार्षिक नीती कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष दीपादेबी साउँदले आगामी वजेटमा सडक र भौतिक पूर्वाधार निर्माण कार्यमा जोड दिएको बताइन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकाभित्रका सडकको स्त्तरोन्नतीका लागि रु. ५ करोड ३६ लाख अन’मानित बजेट विनियोजन गरेको छ ।
रणनीतिक महत्वका सडकखण्डको स्त्तरोन्नतीका लागि सो बजेट बिनियोजन गरिएको हो । चुरे गाउँपालिका वडा कार्यालय भवन निर्माण तथा व्यवस्थापनका लागि रु. २ करोड ३१ लख बजेट विनियोजन गरिएको उपाध्यक्ष साउँदले जानकारी दिइन् ।
सामाजिक विकासतर्फ रु. १ करोड ६५ लाख, स्वास्थ्यतर्फ रु. ४५ लाख, आर्थिक विकास तर्फ कृषि र पश’ सेवालाई लक्षित वर्गतर्फ रु. ४४ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय व्यवस्थापन तर्फ रु. ७ करोड २० लाख, अन्तरसम्बन्धित क्षेत्रतर्फ रु. १ करोठ २७ लाख, कोभिड १९ को संक्रमण लगायत अन्य विपद् जोखिम तर्फ रु. ५० लाख बजेट बजेट विनियोजन गरिएको उपाध्यक्ष साउदले बताइन् ।
तीति तथा कार्यक्रममा गाउँपालकिाभत्रि रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान, संरक्षण र प्रचारप्रसार गरी पर्यटन प्रर्वद्धनकालाई विशेष महत्व दिइएको छ । परम्परागत कृषि खेती प्रणालीमा सुधार ल्याई विदेशबाट फर्केका युवालाई कृषितर्फ आकर्षित गरिने जनाइएको छ । नीति थत कार्यक्रममा लोपोन्मुख तथा मौलिक बाली संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा जोड दिएको छ ।
संस्थागत सुत्केरी सेवालाई पुर्ण रुपमा लागू गरी शिशु र आमाको गुणस्तरीय स्वास्थ्यका लागि उपाध्यक्ष पोषण कोशेली उपहार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।