काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । मूल्य वृद्धिपश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दाबी गरेको छ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यः प्रतिलिटर कति बढ्यो हेर्नुहोस…

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु