जिफन्टमा आबद्ध नेपालयातायात स्वतन्त्र मजदुर सगठन सुदूरपश्चिम प्रदेश कमिटिले बिभिन्न कार्यक्रम गर्दै ४२ औँ स्थापना दिवश मनाएको छ । आज बिहानै देखी सामाजिक कार्यमा सक्रिय यातायात मजदूर संगठन सुदूरपश्चिम प्रदेश कमिटिले शुरुमा धनगढी उप महानगरपालिका १३ स्थित निडलासैनि गुरूकुल संस्कृत बिधापिठमा खाद्यान्न, कापी, कलम, मास्क, सेनिटाइजर सहयोग गरेको छ । त्यसपछि मजदूरहरुका समस्या समाधानका लागी प्रदेश कमिटिले सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारीलाई ज्ञापनपत्र बुझायो । यातायात मजदूरहरुले समयमै कोरोना खोप पाउनुपर्ने लगायत १० बुँदे माग राख्दै मन्त्री सोडारीलाई ज्ञापन पत्र बुझाएको संगठनले जिल्ला प्रशासन कार्यालय कैलालीलाइपनि सोही १० बुँदे ज्ञापनपत्र बुझाएको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई संगठनका प्रदेश अध्यक्ष ललित चन्द सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।
यस संगै आजै रक्तसञ्चार केन्द्र धनगढीमा गई रक्तदान कार्यक्रमकोपनि संगठनले आयोजना गरेको थियो । संगठनमा आबद्ध साथीहरुले रक्तदान गरेको अध्यक्ष चन्दले बताए । सानो भएपनि संगठनको स्थापना दिवशको अवशर पारी सामाजिक कार्य गरेको उनले बताए । यस संगै साँझ ४२ वटा दिप प्रज्वलन गर्दै संगठनले ४२ औँ स्थापना दिवश मनाएको हो । दिनभरी सामाजिक क्षेत्रमा काम गरेसंगै स्थापना दिवशको अन्तमा ४२ वटा दिप प्रज्वलन गरी समापन गरेको संगठनका प्रदेश अध्यक्ष चन्दले बताए ।