धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक असंवैधानिक बजेट ल्याएको भन्दै अवरुद्ध गरिएको छ । बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको जनाईको छ । सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस सांसदहरुले उभिएर बिरोध जनाएका थिए ।
उनीहरुले गैरकानुनी तरिकाले बजेट ल्याईएको कांग्रेस साँसदहरुले जनाएका छन् । प्रदेशसभा सचिवालयमा दर्ता गराएको आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको अध्यादेश विपरित बजेट ल्याईएको बताएका छन् । अब अर्को बैठक शुक्रबार २ बजे बोलाईएको छ।