धनगढी। धनगढी स्थीत सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती अस्पतालको प्रयोगशालामा ६२ नमुना परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जनामा कोरोना संक्रमणको रिर्पोट नेगेटिभ देखीएका अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
हाल २१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना निको घरफर्केका छन् भने थप ६ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । अस्पतालको आइसियुमा ८ जना र २ जनाको भेन्टिलेटरमा उपचाररत छन् । अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमतिको मृत्यु नभएको जानकारी दिएका छन् ।