धनगढी। पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कसैको पनि कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ । यसैबिच आईतबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालबाट ७ जना कोरोनामुक्त भएका छन् भने ३ जना अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये २ जना भेन्टिलेटर, ९ जना आइसियूमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।