धनगढी : बर्षात शुरु भए संगै धनगढी लगायत अधिकाशं क्षेत्र हिलाम्य बनेको छ । सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम अर्थात प्रदेशकै मुख्य सहर धनगढीमै सबैको ध्या केन्द्रित हुन्छ । जनप्रतिनिधीले स्मार्ट सिटिको नारा बाँडेपनि अहिलेसम्म मुख्य सडकनै पिच छैनन् । केही ग्राभेल गरिएको भएपनि अहिले ग्राभेल समेत सकिएको छ । यसकै उदाहरण हो धनगढी उप महानगरपालिका वडा नम्बर २ को बैयाबेहँडी सडक ।
धनगढी सशस्त्र प्रहरी गण देखी मिलनचोक जाने सडकको अवस्था दयनिय बनेको छ । सो सडकमा आवतजावत गर्नै नसक्ने अवस्था आएपछि स्थानियहरुले धनगढी उप महानगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिलाई ग्राभेलका लागी आग्रह गरे, तर स्थानियको माग सुनुवाई नभएपछि स्थानिय आफै ग्राभेलमा जुटेका छन् । सो क्षेत्रमा ग्राभेल गर्नका लागी धनगढी २ कै युवा ब्यवसायी किसन भण्डारीले ५० हजार रकम दिएका छन् । उनले आफ्नै लगानीमा स्टेपिङ स्टोन स्कुल देखी जेशिस एभरेस्ट स्कुलसम्म आफ्नै लगानीमा सडक ग्राभेल गरेका छन् । आफु सोही गाउँको स्थानिय भइसकेपछि सामाजिक क्षेत्रको कार्य स्वरुप काम गरेको भण्डारीले बताएका छन् ।