धनगढी । कैलालीमा सरकारी वकिलको कार्यालयबाट फरार भएकी महिलालाई भारतबाट पक्राउ गरेको भन्दै चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक९सई० गजेन्द्र बहादुर चन्दसहित चार जना प्रहरीलाई रेकर्डमा जनिनेगरि नगदसहित पुुरस्कृत गरेको जनाएको छ ।
पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोश महरा तथा प्रहरी जवान महेश ओझा रहेका छन् । उनीहरुलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पुरस्कृत गरेका हुन् । मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन् ।
उनलाई सई चन्द नेतृत्वको टोलीले सोमबार बिहान भारतको पलियामा फेला पारेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले दमाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाउने इलाका प्रहरी कार्यालय टीकापुरका दुई जना प्रहरीलाई निलम्बन समेत गरेको छ ।


