धनगढी: नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुदुरपश्चिम प्रदेशको ससंदिय दलमा देखिएको बिवाद बारे चासो ब्यक्त गरेका छन् । जनता सगं माओवादी बिशेष कार्यक्रमका लागी सुदुरपश्चिम आएका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी कार्यालय धनगढीमा संक्षिप्त कुराकानी गर्दै नेतृत्वकै निर्णय नमान्ने राजनितिमै पहिलो घटना देखिएको बताए ।
नेतृतवले निर्देशन दिइसकेको छ त्यो पनि कार्यान्वयन नगर्नु मेरो राजनितिमै पहिलो घटना देखे उनले भने “पटक पटक अध्यक्षले दलको नेता खगराज भट्टलाई बनाउनु भनेर निर्देशन दिइसक्नुभएको छ, अध्यक्षको निर्देशन समेत नमान्ने घटना बिरलै देखिन्छन्, यो सुदुरपशिचममा देखियो, मैले देखेको पहिलो घटना हो ।” पार्टी अध्यक्ष प्रचण्ड सुदुरपश्चिममै आएकाले यसको समाधान हुने उनको भनाई छ । अब निर्देशन भन्दापनि पाटी अनुशासनको प्रक्रिया अगाडी बढाउनुपर्ने उनको भनाई छ ।
नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा बरिष्ठ उपाध्यक्ष सहित नेताहरु सुदुरपश्चिम पुगेका हुन् ।
अभियानको क्रममा पाटी अध्यक्ष पुस्प कमल दाहल (प्रचण्ड) आज साँझ टीकापुर नगरपालिका ८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ । उनि सहित नेताहरुको रातिको बसाइ टीकापुरमा हुने छ ।
त्यस्तै उनी मंगलबार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधनपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने छन् । त्यहाँ पनि उनको शहीद परिवार भेटघाट, जनसभा सम्बोधनलगायतको कार्यक्रम रहेको बताइएको छ ।
त्यसपछि कैलारीमै जनसभालाई सम्बोधन गरी प्रचण्ड फुलवारीमा सहिद परिवार सगं भेटघाट गर्ने छन् । १६ गतेनै त्यसपछि धनगढीमा अन्तरक्रिया कार्यक्रम गरी धनगढी भन्सारमा अभियान टोलीको विदाई गर्ने कार्यक्रम रहेको छ ।