कञ्चनपुर — कृष्णपुर नगरपालिका-२ बाणीका दुतराज राना बिहानै बनहरा नदी किनारको बगरमा पुग्छन् । जहाँ उनले बगर खेती गरेका छन् । त्यही बगरमा पुगेर उनी तरबुज, काँक्रा, करेला र लौका लगायतका तरकारी टिप्छन् । त्यही तरकारी बोरीमा हालेर पूर्व(पश्चिम राजमार्गको बनहरा पुल छेउमै पुग्छन् । त्यही बनाएको टहरामुनि बसेर दिनभरि त्यही बगरको उत्पादन बिक्री गर्छन् । ‘दिनभरिमा तीनरचार क्वीण्टलसम्म बिक्री हुन्छ,’ रानाले भने, ‘बिहानदेखि सांझसम्म सडक किनारमै बसेर बिक्री गर्छु ।’ उनले पुस अन्तिमतिर बगरमा लहरे तरकारी रोपेका हुन् । चैत अन्तिमदेखि उनले उत्पादन बिक्री गर्न थालेका हुन् । जेठ अन्तिसम्मै यही काममा व्यस्त हुन्छन् । रानाले यो अवधिमा दुईरअढाई लाख कमाउँछन् ।
रानाले नदी किनारकै आफ्नो जमिनमा पनि लहरे तरकारी रोपेका छन् । बगरको उत्पादन सकिएपछि आफ्नै बारीमा लगाएको उत्पादन तयार हुन्छन् । तर अहिलेजस्तै सडक किनारमा बसेर बिक्री गर्दैनन् । त्यतिबेला भने उनी नजिकको बजारमा पुर्याएर बिक्री गर्छन् । बगरमा तरकारी उत्पादन गर्न धेरै मिहिनेत र लगानी हुन्छ । चिसोमा बिरुवा उमार्नै गाह्रो हुन्छ । त्यही भएर प्लाष्टिकले ढाक्नुपर्छ । त्यसका लागि धेरै खर्च लाग्ने उनी बताउँछन् । यतिबेला बनहरा पुलको दुवैतर्फ बगरको उत्पादन बिक्री गर्न सडक छेउमा लहरै टहरा बनेका छन् ।
तीनै टहरामुनि बसेर कृषकहरूले आफ्नो उत्पादन बिक्री गरिरहेका छन्। वैशाख जेठको प्रचण्ड गर्मी र लु चलेका बेला समेत उनीहरू यही काममा व्यस्त हुन्छन् । ‘तीन विघामा तरभुज र अन्य तरकारी लगाएको छु,’ बाणीकै नन्दलाल रानाले भने, ‘तीनरचार महिनादेखि बगरमै छौं, सुरुमा हुर्काउन मिहिनेत गर्नुपर्यो, अहिले चोरी हुने डरले बगरमै बस्नुपर्छ ।’ उनले सडक किनारमा बसेर दैनिक ५ क्विण्टल बढी तरकारी बिक्री गर्छन् ।
बनहरा नदी किनारमा ६० बढी परिवारले बगर खेती गरेका छन् । ५ कठ्ठादेखि तीनरचार विघासम्म गरेर ठूलो मात्रामा उत्पादन हुन्छ । कतिपयले बगरसंगै धान गहुँ उत्पादन हुने खेतमा समेत बसन्ते तरकारी लगाएका छन् । अहिले उत्पादन बिक्रीका लागि भारत गएकाहरू पनि घर फर्किन्छन् । अहिले तरबुज, काँक्रा र लौका ५० रुपैयाँ प्रतिकिलो तथा करेला सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । कतिपयले साइकलमा बोकेर गाउँ(गाउँ डुलेर पनि बिक्री गर्छन् । उनीहरूले नगरद तथा गहुँसंग साटेर पनि बिक्री गर्छन् ।
‘अहिले उत्पादन भएको बिक्री गर्न त रमाईलो लाग्छ, तर उत्पादन गर्न धेरै मिहिनेत र लगानी लाग्छ,’ बगर खेतीमै लागेका कृष्णपुर(२ का पंकज रानाले भने, ‘पुसमै लगाएको अहिले बिक्री गर्न तयार भयो, माघमा लगाएको जेठमा उत्पादन हुन्छ ।’ उनी पनि बिहानदेखि साँझसम्मै सडक किनारमा बसेर बगरको उत्पादन बिक्री गरिरहेका छन् । यसैबाट घर खचै चलाउछन् । उनी बाह्रै महिना तरकारी उत्पादन गर्छन् । अहिले काँक्रा, करेला, लौका, फर्सी लगायत उत्पादन गरेका छन् ।
बनहरा नदी किनारमा मुक्त कमैया परिवारको बसोबास छ । अहिले बगरमा उत्पादन गर्ने अधिकांस तीनै मुक्त कमैया हुन् । यसले उनीहरूको आर्थिकस्तरमा सुधार हुँदै गएको छ । सुरुमा घरमै खानका लागि बगर खेती सुरुवात गरेकाहरू अहिले एक दिनमा चाररपाँच क्वीण्टलसम्म उत्पादन गरिरहेका छन्।कान्तिपुरबाट