धनगढी ।साँफेहाटवजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ । आज विहान साढे ३ वजे साँफेबगर नगरपालिका वडा नं.३ स्थित हाटवजारमा आगलागी भएको हो । सुवेच्छा होटलवाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रुपमाा जलेर नष्ट हुँदा लाखौको क्षति भएको छ ।
तीव्र बेगका कारण क्षणभरमै सुवेच्छा होटलवाट आगो सल्किदै अन्य पसलमा आगो पुगेको थियो । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, परिचालन गरिएको छ । तर, वारूणयन्त्रको अभावमा साँफेहाटवजारमा ठूलो क्षति भएको छ ।
आगलागीका कारण मानविय क्षति नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन ।