धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वायु प्रदुषण बढ्न थालेको छ । शुक्रबार बिहान धनगढीको वायु प्रदुषणको मात्रा १७६ एक्युआई मापन गरिएको छ । एयर क्वालीटी इन्डेक्सकाअनुसार बिहान ६ बजेर ४५ मिनेटमा धनगढीको वायुको गुणस्तर १७६ एक्युआई मापन गरिएको छ ।
यो सबै उमेर समूहका लागि अस्वस्थकर हावा मानिन्छ । धनगढीपछि कञ्चनपुरको महेन्द्रनगरमा पनि प्रदुषण बढ्न थालेको छ । महेन्द्रनगरको हावाको गुणस्तरको मात्रा १०७ एक्युआई मापन गरिएको छ । यो संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ ।