धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-१८ एफ गाँउबाट सोही ठाउँ बस्ने २८ वर्षीय केदार बोहरा लागूऔषधसहित बिहीवार पक्राउ परेका हुन्। बोहरालाई ३७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।