धनगढी । बेहोस् अवस्थामा भेटिएका कञ्चनपुरको वेदकोट नगरपालिका-९ का वडाध्यक्ष जनक बहादुर बिष्टको मृत्युु भएको छ । बुधबार दिउँसो बेहोस् अवस्थामा भेटिएका बिष्टको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बिष्ट वेदकोट तालमा बेहोस् अवस्थामा भेटिएका थिए ।त्यसअघि बुधबार नै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै बिष्टले हासो भित्रको पीडा लेखेका थिए । बेहोस् भेटिनुअघि एक जना आफन्तलाई टेलिफोन सम्पर्क गर्दै आफू संसारबाट बिदा हुन लागेकाले छोराछोरीको ख्याल गरिदिन अनुरोध गरेका थिए ।
उनले विषादी सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ । तर शव परिक्षणपछि धेरै कुरा खुल्ने विश्वास गरिएको छ ।