धनगढी । कञ्चनपुरमा एक जना वडाध्यक्ष बेहोस् अवस्थामा भेटिएका छन् । वेदकोट नगरपालिका ९ का वडाध्यक्ष जनक विष्ट बुधबार दिउँसो बेहोस् अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले वेदकोट तालमा बेहोस् अवस्थामा भेटिएका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार उनको अवस्था स्थिर रहेको छ । विष्ट एममलेबाट निर्वाचित वडाध्यक्ष हुन् ।