कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट १ ग्राम ९२ मिलिग्राम खैरो हेरोईनसहित भीमदत्त नगरपालिका–३ भासी बस्ने २७ वर्षीय अजय घिमिरे मंगलवार पक्राउ परेका हुन्। घिमिरेलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।