धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा छ मयुर इङ्गलिस बोर्डिङ हाई स्कुल । स्कुल स्थापनाको ३२ बर्ष पुगेको छ । २०५० सालमा धनगढी उपमहानगरपालिका २ बाट पठन पाठन शुरु गरेको मयुर इङ्गलिस बोर्डिङ स्कुलले २०६७ सालदेखी माध्यमिक तह शुरु गरेको थियो । गुणस्तरिय र समय सापेक्ष शिक्षालाई अगिंकार गर्दै सञ्चालन भएको स्कुलले उद्देश्य अनुसार नतिजा पनि उत्कृष्ठ ल्याउँदै आएको छ ।
हालसम्म माध्यमिक तह परिक्षामा २०६८ बाट मयुर इङ्गलिस बोर्डिङ स्कुलका बिद्यार्थी सहभागी भएका थिए । सोही समयदेखी उत्कृष्ठ नतिजा ल्याउँदै आएको स्कुल गत बर्ष एस.इ.इ मा धनगढी उप-महानगरपालिकामै उत्कृष्ठ बन्यो । गत बर्ष सतप्रतिशत नतिजा ल्याउन सफल भएको मयुरले २०७९ सालमा पनि सतप्रतिशतनै नतिजा ल्याएको थियो । त्यस अघीका बर्षहरुमा पनि राम्रो नतिजा दिदै आएको मयुर अबिभावकको रोजाइमा छ । कक्षा ८ को नगर स्तरिय परिक्षामा यस बर्ष मयुरले ९६ दशमलव १५ प्रतिशत नतिजा ल्याएको थियो ।
हाम्रो उद्देश्यनै शिक्षामा सक्दो उत्कृष्ठ नतिजा दिने हो स्कुलका प्रिन्सिपल पदम साउँदले भने “पहिलो प्रार्थमिकता भनेको उत्कृष्ठ नतिजानै हो, त्यस सगैं बिद्यार्थीहरुलाई नैतिकवान र संस्कारीपनि बनाउन जरुरी छ, त्यस कारण कितावी ज्ञान सगैं नैतिकता र संस्कारपनि हामी सिकाउछौ ।” बिद्यालयमा सुबिधासम्पन्न कम्प्युटर ल्याव, साइनस ल्याव, खेल मैदान, आधुनिक प्रबिधि, एआई प्रबिधिको प्रयोग, स्मार्ट बोर्ड, सवारी साधनको सुबिधाका साथै दक्ष जनशक्ती छन् ।
हामीसगं शिक्षक सहित कर्मचारी लगाएर ३७ जना जनशक्ती छ प्रिन्सिपल साउ“दले भने “युग सुहाउ“दो शिक्षाका लागी चाहिने सबै प्रबिधिको प्रयोग हामीले गर्दै आएका छौ“, यसका साथै सबैभन्दा महत्वपुर्ण पाटो भनेको हामीसगं निके अनुभवी र दक्ष शिक्षक, शिक्षिका हुनुहुन्छ त्यसै कारण अबिभावकको रोजाइमा हाम्रो स्कुल परेको छ, अहिले पढाई सगैं ब्यावहारिक एवं नैतिक शिक्षा हो, त्यसमा हामीले कमि गरेका छैनौ, हाम्रो बिद्यालयबाट उत्पादन भएको जनशक्ती बजारमा बिक्ने होस र यति मात्रै होइन उहा“हरुको संस्कार पनि उत्तिकै योग्य होस त्यही कारण किताबी ज्ञान सगैं ब्यवहारिक ज्ञानलाई निकै प्रार्थमिकतामा राखेका छौ“ ।