कैलाली । कञ्चनपुरमा जलेको अवस्थामा शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
उनका अनुसार बेल्डाडी गाउँपालिका ३ का अन्दाजी ५० वर्षका हरिकिसन रानाको शव सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा भेटिएको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।