धनगढी । कैलालीको धनगढीमा ७ औ राष्ट्रिय उसु निर्णायक सेमिनार तथा ११औं राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स २०८२ सुरु भएको छ । नेपाल उसु महासंघको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीमा एक औपचारीक कार्यक्रमका बिच सेमिनार सुरु भएको हो ।
सेमिनारको सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गरे । सेमिनारमा अन्तर्राष्ट्रिय उसु महासंघ ९क्ष्ध्ग्ँ० द्वारा जारी गरिएको मान्यता प्राप्त व्यालिड लाइसेन्स भएका निर्णायकहरुबाट विविध अन्तर्राष्ट्रिय नयाँ नियम तथा अपडेटहरुमा प्रशिक्षण दिइने बताईएको छ । कार्यक्रमले उसु खेलको विकास, प्रशिक्षण र व्यवस्थापनमा थप योगदान पु¥याउने आयोजकले अपेक्षा लिएको छ ।
सेमिनारमा अन्तर्राष्ट्रिय स्तरका कोचहरुबाट डिप्लोमा कोर्स सञ्चालन समेत हुने बताईएको छ । सुदूरपश्चिमबाट ४८, कर्णालीबाट २२, लुम्बिनीबाट १६, गण्डकीबाट ९, बागमतीबाट १० र कोशीबाट ५ जना गरी सेमिनारमा जम्मा ११० जनाको सहभागिता रहेको छ । उक्त सेमिनार ७ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।