धनगढी । धनगढीमा जारी टिम इलाभेन संस्कार क्रिकेट लिग २०८१ अन्तर्गत आइतबार सम्पन्न खेलमा उत्तर त्रिशुल र सायल गाउँपालिका विजयी भएका छन्। आईतबार भएका दुई खृल संगै समूह चरणकाे समिमरण पूरा भएकाे छ ।
आइतबार सम्पन्न पहिलो खेलमा संस्कार विद्याश्रमलाई दुई विकेटले पराजित गर्दै उत्तर त्रिशुल विजय भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको संस्कार विद्याश्रमले १९ दशमल ४ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । संस्कार विद्या आश्रमका लागि विशाल बिष्टले २३ रन जोडेका थिए। बलिङ तर्फ उत्तर त्रिशुलका प्रवेश शाहले चार विकेट लगे। जवाफी ब्याटिङ गरेको उत्तर त्रिशुल धनगढी-४ ले १७ दशमलव तीन ओभरमा आठ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित हासिल गरेको हो। संस्कारका लागि अनिल राउतले पाँच विकेट लगे पनि टिमलाई जित दिलाउन सकेनन् ।
आइतबार नै सम्पन्न अर्को खेलमा आवर ड्रिम सक्सेस ट्रेनिङ सेन्टरलाई १० विकेटले पराजित गर्दै सायल गाउँपालिका विजयि भएकाे छ ।
टस जितेर पहिला ब्याटिङ गरेको आवर ड्रिम १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय रनमा समेटिएको थियो। आवर ड्रिमलाई कम स्काेरमा राेक्न सायलका राजेन्द्र बहादुर बमले चार विकेट लगे ।
एक सय १ रनको लक्ष्य सायल गाउँपालिकाले विना विकेट पूरा गरेकाे हाे । १३ दशमलव दुई ओभर खेल्दै सायलका लागि सुरुवाती ब्याट्सम्यान सचिन साउदले ३४ र मनिस थापा ५३ रनकाे अविजित पारी खेलेका थिय ।
संस्कार विद्याश्रम गाेदावरी नगरपालिका-८ स्याउलेकाे आयाेजनामा बैशाख ३ गते देखि सुरू भएकाे प्रतियाेगितामा साेमबार देखि सेमिफाईनल चरणका खेल हुनेछन् ।
आयाेजकका अनुसार साेमबार नेपाल वेष्ट्रन एकेडेमि धनगढी र नारायण स्पाेर्ट एकेडेमि विच पहिलाे सेमिफाईनल हुने छ भने सायल गाउँपालिका डाेटी र युथ अफ टीकापुर विच दाेश्राे सेमिफाईनल खेल हुने छ ।
प्रतियाेगिताकाे फाईनल खेल बैशाख ९ गते (मंगलबार) हुने छ ।
प्रतियाेगिता विजेताले नगद १ लाख ११ हजार १११ नगद सहित ट्रफि प्राप्त गर्ने छ । यसैगरी उप विजेताले ५५ हजार ५५५ रूपैया नगद सहित आकर्षक ट्रफि पाउने छ ।
संस्कार क्रीकेट लिग: समूह चरणका खेल सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु