धनगढी: सबै मानिसका कथा र ब्यथा छुट्टै हुन्छन् । बाल्यकाल देखी सघंर्ष बिना सायद कुनै मानिस अगाडी बढेको छैन होला । तर कसैले सामान्य सघंर्ष गरेर सफलता प्राप्त गरेका छन्, भने कसैले निकै ठुलो त्यास र सघंर्ष गरेर जिन्दगीका उकाली ओराली पार गरेका छन् । नेपालमा हजारौं युवाहरू छन्, जसले बाल्यकालदेखि नै ठूलो सपना देख्छन् । तर गरिबी, बेरोजगारी, सामाजिक भेदभाव, र सरकारी अस्थिरताले ती सपनाहरूलाई वास्तविकतामा बदल्न कठिन बनाइदिन्छ । कुनै ब्यक्तीले आफ्ना सपना पुरा गर्न कयौा ठाउँमा बाधा ब्यवधान खेप्नुपरेको हुन्छ , कसैका सपना अधुरै रहेर सपना छोडेर अन्तै बाटो रोजनुपर्ने हुन्छ । मानिस एकै पल्ट सफल हुँदैन र सफल हुनका लागी कयौँ दुख र कस्ट भोग्नै पर्ने हुन्छ । मान्छेको सफलता केवल धन सम्पति र पैसाँ मात्रै हो भन्ने ब्याख्या गरिएको हुन्छ, तर त्यो होइन, मान्छेको सफलता धेरै किसिमको हुन्छ, यि सफलताका बिच आफ्नो मेहेनत र परिवारको हात महत्वपुर्ण हुन्छ ।
धन सम्पति धेरै नभएपनि आफु समाजमा सफल नागरिक बनेको अनुभव गर्छन् बजुराका शन्तोस प्रसाद जोशी । बाल्यकालमा ठुलो सपना बोकेपनि ति सपना छोडेर अन्य काममा रहेका उनि अहिलेको स्थितीमा आफुलाई सफलता तर्फ उन्मुख भएको मान्छन् । बाजुराका सन्तोष प्रसाद जोशीले बाल्यकालदेखि नै इन्जिनियर बन्ने लक्ष्य लिए । तर आर्थिक अभाव, अवसरको कमी, र सामाजिक पूर्वाग्रहले गर्दा उनको यात्रा सहज भएन ।
बाल्यकाल र शिक्षा
सन्तोष प्रसाद जोशीको जन्म २०५३ साल असोज २७ गते बाजुराको साविक वाई गाबिस (हाल स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ मा भएको थियो । बुवा जयप्रसाद जोशी र आमा जसुदा जोशीको माहिला सन्तानका रूपमा जन्मिएका सन्तोषको परिवार निम्न–मध्यम वर्गीय किसान परिवार थियो । बुवा खेतमा श्रम गर्थे, आमा घर सम्हाल्थिन् । गाउँमा वर्षभरि अन्न उत्पादन नहुने भएकाले परिवारलाई आर्थिक रूपमा शुरुबाटै समस्या थियो ।
सानैदेखि विज्ञानमा रुचि राख्ने सन्तोष पढाइमा अब्बल विद्यार्थी थिए । स्वामीकार्तिक माध्यमिक बिद्यालय बाट एस.एल.सी उत्तीर्ण गरेपछि उनले धनगढीस्थित फारवेस्टर्न टेक्निकल स्कूलबाट सब–इन्जिनियरको पढाइ पूरा गरे । उनले सिभिल इन्जिनियरिङमा स्नातक गर्ने लक्ष्य राखे पनि उच्च शिक्षाका लागि आवश्यक आर्थिक स्रोत थिएन । सब–इन्जिनियर पास गरेर सरकारी छात्रबृतीबाट पढ्न पाए इन्जिनियर बन्ने थिएकी भन्ने उनको मनमा लाग्यो र लगत्तै छात्रबृतीका लागी आवेदन खुलेपछि उनले फारम भरे । तर छात्रबृतीका लागी भएको परिक्षामा निकै प्रतिस्प्रधा थियो र उनले छात्रबृतीमा नाम निकाल्न सकेनन् । त्यसपछि पनि उनको इन्जिनियर बन्ने सपना कायमै थियो । बिभिन्न सामाजिक सघं संस्था लगायत कहाँ आर्थिक सहयोगको अपिल गरेपनि आर्थिक सहयोग नहुँदा उनको इन्जिनियर पढ्ने सपना पुरा हुने देखिएन ।
उनले इन्जिनियर बन्न चाहेपनि आर्थिक जोहो गर्न नसकेकै कारण उनको सपना अधुरै रह्यो । सब–इन्जिनियर गरिसकेका कारण अब केही रोजगारी गर्नुपर्छ भन्ने उनको मनमा लाग्यो । त्यसपछि रोजगारीको खोजीमा शन्तोसको दौडधुप शुरु भयो । सब–इन्जिनियरको रोजगारीका लागी बिभिन्न सरकारी, गैर सरकारी र निजि क्षेत्रमा समेत आवेदन दिए । तर उानलाई कतैबाट रोजगारी मिलेन, जहाँपनि पावर पहुँच लाग्ने भएकै कारण आफुले रोजगारी समेत पाउन नसकेको शन्तोस सुनाउँछन् ।
रोजगारीका लागी त थुप्रै ठाउँ भौतारिए तर भएन उनले भने “मेरो नाम ठूलो मान्छेसँग जोडिएको थिएन, कुनै नेताको सिफारिस पनि थिएन, मलाई अवसर दिनुको सट्टा आफ्ना मान्छेहरूलाई अघि सार्नेतन्त्र हावी भयो र मैले सब–इन्जिनियरको रोजगारी गर्ने अवशर पनी पाएन, अनी नेपालमा अवशर पाइने होइन होला, यहाँ बस्नुभन्दा भारतमै गएर भएपनि केही गर्न सकिन्छकी भन्ने सोच बनाए ।”
इन्जिनियर बन्न आर्थिक अभाव बाधक बनेपछि सब–इन्जिनियरको जागिर खोज्न निकै भौतारिएका उनले अन्ततः रोजगारीका लागी भारत जाने निधो गरे र भारत तर्फ हानिए । भारतमा उनले केही बर्ष मजदुरी गरे । भारत तर्फ रोजगारीका लागी गएपनि केही बर्षपछि स्वदेश फर्केर नेपालमै केही काम गर्ने उनको योजना थियो । तर लामो समय भारतमा रोजगारी गरेर उनि बस्न सकेनन् । भारतको मजदुरी भन्दा नेपालमै गरे सफल भइन्छ होला भन्ने उनको मनमा लाग्यो र भारतबाट छोटो समयमै उनि नेपाल फर्के । स्वदेश फर्केपछि जन्मस्थानमै उनले कृषी एवं पशुपालन तर्फ काम गर्न सकिन्छ की भन्ने मनसाय बनाए ।
भारतबाट फर्के लगत्तै उनि सगं ठुलो लगानी नहुँदा जिविकोपार्जनका लागी सामान्य ब्यवसाय तर्फ लागे । थोरै लगानीमा गर्न सकिने ब्यवसाय चटपट र पानिपुरी थियो । यही कामबाट भएपनि ब्यवसायिक यात्रा शुरु गरौँ भन्ने सोचका साथ शन्तोसले पहिलो व्यवसायको रूपमा चटपट र पानीपुरी बेच्न थाले । यत्रो रकम लगानी गरेर सब–इन्जिनियर पढेको केटा चटपट र पानीपुरी बेच्न थालेपछि गाउँका मान्छे छक्क परे । केही समाजका अगुवाका रुपमा परिचित ब्यक्तीहरुलेनै उनलाई अपहेलित हुने खालले ब्यवहार गर्न थाले । पहिला राम्रै सगं ब्यवहार गर्ने आफन्तहरु समेत चटपट र पानिपुरीको ब्यवसाय शुरु गरेपछि मजाक उडाउने गरी ब्यवहार गर्न थाले । यो बेलापनि उनको मनमा ब्यवसाय छोडौँकी भन्ने लाग्थ्यो तर यहाँबाट छोडेरपनि कहाँ जाने भनेर उनले अपहेलना, कुरा काट्नेका पछि भन्दापनि आफ्नो भविश्यका बारेमा सोचे । उनले शुरु गरेको ब्यवसायलाई निरन्तरता दिए ।
ग्रामिण भेगका कारण चटपट र पानिपुरीको ब्यापार धेरै राम्रो नभएपनि आफ्नो जिवन निर्बाह गर्नका लागी भएपनि कामलाई निरन्तरता दिए । गाउँमा ह्या के चटपट र पानिपुरी बेचिरहेको होला भनेर खिसि गर्थे तर मैले अब जेपनि गर्नै पर्छ भन्ने अठोटका साथ कामलाई निरन्तरता दिए उनले भने “जसरी भए पनि बाँच्नैपर्छ भनेर मैले सडक किनारमा, मेला महोत्सवमा चटपट बेच्न थाले, सुरुमा लाज लाग्थ्यो, कसरी बेच्ने, कोही ठुलाबडाले देख्दा कुरा काट्नेपो हुनकी भन्ने डर लाग्थ्यो, लाज लाग्थ्यो तर पेटको भोकले त्यो लाज पनि हरायो ।”
उनलाई सानो व्यवसायबाट ठूलो आम्दानी गर्न गाह्रो थियो । निकै मेहेनत गर्दा अली अली आम्दानी हुन्थ्यो र त्यो आम्दानीले दैनिकि चल्थ्यो । त्यसपछि उनले कपडाको व्यापार गर्ने तयारी गरे । थोरै जमा भएको रकम र केही श्रृण निकालेर भएपनि कपडाको ब्यापार गरौँकी भन्ने उनले सोच बनाए । र उनले कपडा ब्यवसाय शुरु गरे । थोरै लगानीका कारण कपडा ब्यवसाय माग अनुसार उनले गर्न सकेनन् । ग्राहकले माग गरे अनुसारका कपडा उपलबध गर्न समेत नसक्ने स्थिती भएपछि उनले त्यो ब्यवशायलाइपनि बिट मार्ने निधो गरे । ठुलो सफलता नपाएपछि कपडा ब्यवसाय छोडेर उनि मोवाइलका पाटपुर्जा बिक्रि गर्न सके आम्दानी राम्रै गर्न सकिन्छ भन्ने मनसाय बनाए ।
त्यसपछि उनले मोबाइलका कभर, ग्लास बेच्ने काम थाले । न्युन लगानीमा सञ्चालन गरिएको सो पसलमा समान बिक्रि भएर जम्मा भएको पैँसाले उनि थप समान हाल्ने गर्थे । गाउँमा पसल हुँदा केही समान उधारोपनि जान थाल्यो । तर उधारोमा सामान लिएका धेरै ग्राहकहरूले पैसा तिरेनन्, जसले गर्दा उनले ठूलो घाटा बेहोर्नुप¥यो । व्यवसायमा निरन्तर असफल भएपछि उनी म्यादी प्रहरी बने। चुनावका बेला उनले अल्पकालीन रोजगारीका रूपमा म्यादी प्रहरीको काम गरे । त्यहाँबाट प्राप्त कमाइले केही समय परिवार चलाए ।
व्यवसायमा असफल भएपछि उनले पशुपालनमा हात हाले । उनले कुखुरा फार्म सुरु गरे । ऋण लिएर, ठूलो आशका साथ व्यवसाय अगाडि बढाए । केही समय राम्रो आम्दानी भए पनि अचानक वर्डफ्लु फैलियो । कुखुरा मर्न थाले । जता हात हाल्दापनि सफल नभइरहेका शन्तोसको कुखुरा फर्मपनि वर्डफ्लु रोगले सखाप पार्ने देखियो । श्रृण लिएर शुरु गरेको ब्यवसाय डुबेपछि उनि घर न घाटको भए । श्रृण दिएकाहरु घरमै मागन आए तर उनिकहाँ श्रृण तिर्न पैँसा पुगेन ।
बोल्न र लेख्नमा कला भएका शन्तोसले अब रेडियो तर्फ काम गर्नुपर्छकी भन्ने सोच बनाए । शुरुमा सिक्नका लागी उनले केही अनलाइन मिडियाका लागि लेख रचना लेख्न थाले । उनि समाजका गलत कुराहरू उजागर गर्न चाहन्थे । तर यहाँ पनि चुनौतीहरू कम थिएनन्। इन्जिनियर भएर पत्रकारिता गर्छस? तेरो काम यो होइन भनेर साथीभाइले आलोचना गरे उनि सम्झिन्छन् “तर म पछि हटेन, समाजका विकृति, राजनीति, बेरोजगारी बारे कलम चलाइरहे, लेख्ने क्रममा धेरै धम्कीहरू पनि आए, तर म निरन्तर कलम चलाइरहे ।”
पत्रकारिता यात्रामा राम्रो लेखन क्षमता भएको ब्यक्तीका रुपमा उनि चिनिन्छन् । अहिले पत्रकारिताबाटै राम्रो आम्दानी गरिरहेका उनि घरमा अन्य कामपनि गर्दै आएका छन् । तर सन्तोष प्रसाद जोशीको यात्रा अहिले पनि संघर्षकै क्रममा छ । समाजको सानो सोच, नातावाद, कृपावादले उनलाई दिक्क बनाएको छ । तर उनी निराश छैनन् । ईमानदारिता र मेहनत गर्ने मान्छेलाई यहाँ राजनीति हावी हुन्छ । तर म मेरो बाटो आफैं बनाउँछु, उनी दृढताका साथ भन्छन् “म मात्रै होइन हजारौं मेहनत गर्ने युवाहरूको समस्या यस्तै छ, जो सिष्टमले पेलिएका छन्, तर उनीजस्ता व्यक्तिहरू नै नयाँ बाटो खोज्ने प्रेरणा बन्न सक्छन् ।”
सन्तोषले आफ्नो जीवनको लामो समय संघर्षमै बिताएका छन् । उनको इन्जिनियर बन्ने सपना अधुरो रह्यो, जागिर पाइएन, व्यवसायहरू डुब्दै गए । तर जीवन भने अझै बाँकी छ । उनका संघर्षले हजारौं युवाहरूलाई प्रेरणा दिन सक्छ । समाजले उनलाई पेल्न खोज्यो, अवसर दिएने, तर उनले हरेस खाएनन् । उनी अझँै पनि सघंर्षलाई अगाडी बढिरहेका छन् ।