धनगढी। धनगढी। धनगढी स्थित सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन । सहकारी सस्थाको पाचौ स्थापना दिवसको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा पहिलो पटक १० जना सहित २५ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष दीर्घराज जोशीले जानकारी दिए ।
पहिलोपटक रक्तदान गर्ने रक्तदाताहरुले अबदेखि नियमित रुपमा ३र३ महिनामा रक्तदान गर्ने प्रण गरेका छन । गर्मियाम सुरु भएसंगै बिरामीको संख्या बढ्ने र उपचारका लागि चाहिने रगतको सहजताका लागि बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम राखिएको जोशीले बताए ।
रक्तदानमा सहभागि सम्पुर्णलाई सस्थाका प्रमुख कार्यकारी अधिकृत टिकाराम जोशीले प्रसंशा पत्र प्रदान गरेका थिए । धनगढी स्थित प्रादेशिक रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको प्राबिधिक सहजिकरण गरेका थिए ।
रक्तदान कार्यक्रमा सर्वाधिक रक्तदाता एबम सुदुरपश्चिम प्रदेशका स्वास्थ्य दुत दीपक उपाध्यायलाई सम्मान गरिएको थियो । उपाध्यायलाई सस्थाका अध्यक्ष जोशी र सचिव हरि धामीले खादा र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।