धनगढी: स्थित फाप्ला कृकेट मैदानमा जारी टीम ईलाभेन संस्कार कृकेट लिग सिनियर प्रतियाेगिता अन्तरगत शनिबारसम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएकाे छ ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जाेडेकाे थियाे । सायलका अविशेक काेईरालाले ३४ रन जाेडे ।
बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २/२ विकेल लगे ।
एक सय ३५ रनकाे लक्ष्य पच्छ्याएकाे टीम धनगढी १६ दशमलव १ ओभरमा अलआउट हुदै ९२ रनमा समेटियाे । धनढीका लभ माझिले २३ रन बनाउनु बाहेक अन्य ब्याटरकाे कम्जाेररह्याे ।
सायलका किरन चन्दले ३ तथा अविशेक काईरालाले २ विकेट हात पारे ।
प्रतियाेगिता अन्तरगत भाेली (आईतबार) उत्तर त्रशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिका विच खेल हुने छ ।
शनिबार विहानकाे खेल बर्षाका कारण खेल रद्द भएपछि नेपाल वेष्ट्रन र टीम वेतालले १/१ अंक बाँडेका थिय ।