धनगढी: धनगढीबाट एक किलो चरेस सहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँबाट एक किलो चरेस सहित सोही ठाउँका ३६ बर्षिय सुर्य बिश्वकर्मा पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई एक किलो चरेस सहित पक्राउ गरेको हो ।
प्रहरी निरिक्षक बाशुदेव अवस्थीको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ ।