धनगढी: कञ्चनपुरबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका ११ गड्डाचौकी बाट १३.२५ ग्राम लागुऔषध सहित कञ्चनपुरकै शुक्लाफाटा ११ का राम बहादुर बिष्ट पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको टोलीले १३.२५ ग्राम लागुऔषध सहित बिष्टलाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल पैदल हिडेर आइरहेका बिष्टलाई चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । काजु बदाम र चियापत्ती भित्र लुकाएर ल्याइरहेको बेला उनलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।