धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाको गाउँसभा हलमा सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहको सहभागितामा नमूना गाउँसभारनगरसभा अभ्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा धनगढीमा भईरहेको नगरसभा, गाउँसभाको नमूना अभ्यासको तेस्रो दिन कैलारी गाउँपालिकाको गाउँसभा हलमा नमूना अभ्यास गरिएको हो ।
नेपालको संविधानको धारा २२७ बमोजिम गाउँसभा, नगरसभाको कार्य संचालन प्रदेश कानून बमोजिम हुने प्रवधान रहेकोले त्यसका लागि प्रदेशले स्थानीय तहको सभा संचालन सम्बन्धी ऐन २०७५ जारी गरेको छ । सोही ऐन बमोजिम सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा ६ पालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सभाका समितिका सभापतिका सहभागितामा नमूना अभ्यास गरिएको हो ।
नमूना गाउँसभा डेमो कार्यक्रममा गाउँपालिकाकोले बर्षे अधिवेशन र हिउँदे अधिवेशनमा गर्दै आइरहेको सम्पूर्ण प्रक्रिया गरिएको अभ्यास गरिएको छ ।कार्यक्रममा सहजीकरण अधिवक्ता झंकर कुवँर, तेजराज उपाध्यक्ष र राजेन्द्र विक्रम शाहीले गरेका छन ।
नगरसभा÷गाउँसभा डेमो ९नमूना अभ्यास० कार्यक्रममा डडेल्धुरा जिल्लाको नवदुर्गा, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका र बैतडी जिल्लाको पञेश्वर, सिगास, डिलासैनी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिहरुको सहभागिता रहेको थियो ।
सोही क्रममा कैलारी गाउँपालिकामा पाल्नु भएका सम्पूर्णलाई गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, सामाजिक विकास समितिका सभापति सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, योजना शाखाका प्रमुख सन्तोषकुमार चौधरी, प्रशासन शाखा प्रमुख सोम प्रसाद चौधरीलगायतले स्वागत गरेका थिए ।