धनगढी । कैलालीमा बस र माइक्रो बस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।
घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र ०१(००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२(००१ ज ०६३९ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका हुन ।
दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका(२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।
अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक गोदावरी नगरपालिका(१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।