धनगढीः कैलालीमा म्याजिकले मोटरसाइकललाइ ठक्कर दिँदा एक महिला घाइते भएकी छन्।
जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क स्थित सडक खण्डमा भे १ ज ११५२ नम्बरको चालक बाकेको बैद्यनाथ गाउँउालिका–६ का दिपक थारुले चलाएको म्याजिको ठक्करबाट २६ वर्षीया पुुनम चौधरी घाइते भएकी प्रहरीले जनाएको छ। पुुनमले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ९७२ नम्बरको मोटरसाइकललाइ म्याजिकले ठक्कर दिँदा उनि घाइते भएकी हुन्। घाइते पुनमको टीकापुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।