धनगढी: बिभिन्न माग सहित काठमाण्डौमा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न नेपाली काग्रेंस कैलालीले माग गरेको छ । पाटी सभापति नारायण दत्त भट्टले एक बिज्ञप्ती जारी गर्दै आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । बिज्ञप्तीमा भनिएको छ “संसदको बिषयगत समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा बिधेयकका केहि विषयमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आव्हानमा आन्दोलनरत शिक्षक साथीहरुका जायज मागहरु सम्बोधन गर्न ढिला गरिनु हुन्न।”
शिक्षा देशको समृद्धिको आधार हो शिक्षाको सुधार विना मुलुकको प्रगती हुन सक्दैन बिज्ञप्तीमा उल्लेख छ “सन्तुष्ट शिक्षकबाट गुणस्तरिय शिक्षाको सुनिश्चितता सम्भव हुने हुँदा शिक्षक कर्मचारीहरुका समस्याहरु समाधान गरि मुलुकलाई समृद्धितर्फ डोर्याउन अब ढिला गरिनु हुन्न ।” सभापति भट्टले बिज्ञप्तीमा थपेका छन् “सामुदायिक शिक्षा सुधार र शिक्षक कर्मचारीका जायज मागहरुका सम्बन्धमा नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी सभापती एवं राष्ट्रिय सभा सदस्यको हैसियतले नेपाल सरकारसंग विगत २०८१ चैत्र २० गते देखि निरन्तररुपमा सडक संघर्षमा रहेका शिक्षकहरूका जायज मागहरू पूरा गरि थप शैक्षिक क्षति हुनबाट जोगाउन सरकारसंग जोडदार मागसहित शिक्षकहरुको आन्दोलनमा पार्टीको तर्फवाट समर्थन व्यक्त गर्दछु ।”