धनगढी: बैतडीको सुर्नया गाउँपालिकामा एक पछि अर्को आर्थिक अनियमितता भएको पाइएको छ । गाउँपालिकाले हचुवाका भरमा जोखिम भत्ता बाँडेर आर्थिक अनियमितता गरेको पाइएको हो । महालेखा परिक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले प्रयोगशालामा काम गर्ने बाहेकका २९ जना स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गरेको छ । आर्थिक बर्ष २०७९/८० मा गाउँपालिकाले २९ जना प्रयोगशाला बाहेकका स्वास्थ्यकर्मीलाई ७६ हजार ३ सय २९ रुपयाँ जोखिम भत्ता वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रयोगशालामा जोखिम भत्ता ब्यवस्थापन निर्देशिका २०७२ को दफा ५ (क) मा प्रयोगशालामा कार्यरत कर्मचारीको लागी मात्र तोकिए बमोजिमको पाउने ब्यवस्था छ । तर सुर्नया गाउँपालिकाले अनमीहरु पबित्रा बोहरा, निर्मला बोहरा, सुनिता भट्ट, दिपा कुमारी बोहरा, मञ्जु साउँद लगायत २९ जना स्वास्थ्यकर्मीहरुलाई नियम बिपरित जोखिम भत्ता बाँडेको छ । महालेखाले जोखिम भत्ताका नाममा वितरण गरेको रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ ।