धनगढी – कैलालीको धनगढीमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका – १ एलएनचोकमा धनगढी उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय नितेशले शोपले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९७७ नम्बरको स्कुटर र सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरीले चलाएको से ६प ३७७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुबै जना घाइते भएको भएका हुन ।
घाइते दुबैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।