धनगढी: धनगढीमा जारी ‘टिम ११ संस्कार क्रिकेट लिग टि–२० खुल्ला क्रिकेट प्रतियोगीता’ मा आज भएका खेलमा सुदूरपश्चिम होस्टेल र नेपाल वेष्टर्न एकेडेमी विजयी भएका छन्। पहिलो खेलमा सुदूरपश्चिम होस्टेलले क्याम्ब्रिज स्कुललाई ९३ रनको फराकिलो अन्तरले पराजित ग¥यो। सुदूरपश्चिम होस्टेलले दिएको १६२ रनको लक्ष्य पछ्याएको क्याम्ब्रिज १४ दशमलव ५ ओभरमा ६८ रनमा समेटियो । उसका लागि रविन रावलले २२ र प्रकाश माझीले १४ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। सुदूरपश्चिम होस्टेलका निरज ऐर र सौर्य श्रेष्ठले दुई÷दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम होस्टेलले २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। उसका लागि विशाल बिष्टले ३८, अशोक बिष्टले २३ तथा राजेश ऐर, राजु रिजाल र दीपक चन्दले समान १७/१७ रन बनाए। क्याम्ब्रिजका रवीन भण्डारी र दीपक शाहीले तीन÷तीन विकेट लिए भने दीपेश जैशीले दुई विकेट लिए।
त्यसैगरी आजै भएको दोस्रो खेलमा नेपाल वेष्टर्न एकेडेमीले उत्तर त्रिशूल टिमलाई ३४ रनले पराजित गरेको छ। वेष्टर्नले दिएको १४१ रनको लक्ष्य पछ्याएको उत्तर त्रिशूल २० ओभरमा ११६ रनमा अलआउट भयो। उसका लागि विशाल विकले ४५ र विशाल खड्काले २७ रन बनाए । वेष्टर्नका सुनिल सिंहले चार, शाहीले श्रेष्ठले तिन र अविशेक कुँवरले दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेष्टर्नले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। उसका लागि शाहिल श्रेष्ठले ५० रनको अविजित पारी खेले। आर्यन दानपालीले ३८ रन बनाए । उत्तर त्रिशूलका अनुप छेडालले चार, विशाल विकले तीन र विशाल खड्काले दुई विकेट लिए।
गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको संस्कार विद्याश्रम मण्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको प्रतियोगीताको मुख्य प्रायोजक टिम ११ रहेको छ। वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १३ टोली सहभागी छन्। प्रतियोगीताको विजेतालाई नगद रु एक लाख ११ हजार र उपविजेतालाई रु ५५ हजार पाँच सय प्रदान गरिने प्रतियोगिताका अध्यक्ष रामचन्द्र शाहीले बताए।